अन्तर्राष्ट्रिय

अमेरिकाले माउईका आगलागी पीडितलाई सवा पाँच खर्ब दिने

By खबरहब

August 03, 2024

एजेन्सी– अमेरिकाको हवाई राज्यस्थित माउईका आगलागी पीडितले ४ अर्ब डलर (करिब पाँच खर्ब २८ अर्ब रुपैयाँ) बराबरको सहायता पाउने भएका छन्‌ ।

गत वर्ष अगस्टमा सो स्थानमा जङ्गलबाट फैलिएको आगोबाट दुई हजारभन्दा बढी नागरिक प्रभावित भएका थिए ।

हवाईका गभर्नर जोश ग्रीनको कार्यालयले करिब ४५० कानूनी मामिला सुल्झाउन यो सहायता प्याकेज प्रस्ताव गरेको हो ।

आगलागीमा १०० भन्दा धेरै नागरिकले ज्यान गुमाएका थिए भने अमेरिकाको पुरानो मध्येको एक लाहिना शहर पनि खरानी भएको थियो ।

सहायता दाबी गरेका सबैले सन्‌ २०२५ को मध्यसम्म रकम भुक्तानी पाउने गभर्नर जोशले बताएका छन्‌ ।