अन्तर्राष्ट्रिय

भेनेजुएलाका राष्ट्रपति मडुरोको विमान अमेरिकाको कब्जामा

By खबरहब

September 03, 2024

काठमाडौं– अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको विमान कब्जामा लिएको छ ।

अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मडुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो ।

अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बीबीसीले उल्लेख गरेको छ ।

सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारबाही गर्न स्वतन्त्र रहेको बताएको छ ।