जीवनशैली

निधारमा चन्दन वा तिलक किन लगाइन्छ ? 

By खबरहब

September 03, 2024

काठमाडौं– मन्दिरमा चन्दनको टिका लगाएको त अवश्य पनि देख्नु भएको होला । तर यो किन लगाइएको हो त । धेरैलाई यसको बारेमा जानकारी नहुन सक्छ ।

निधारमा तिलक वा चन्दन लगाउनु हिन्दु धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जप पूजा गरिसके पछि चन्दन, भस्म, केशर लगाइने गरिन्छ ।

तिलक लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन लगाइन्छ । टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ ।  हाम्रो शरीरमा सात वटा सूक्ष्म ऊर्जा केन्द्रहरू हुन्छन् । तीमध्ये एक आज्ञाचक्र जुन निधारको ठीक बीचमा हुन्छ ।

यो आज्ञा चक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ । आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।

साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउने बित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने समस्या हुँदैन ।

महिलाहरूले सिउँदोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फूर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ । दसैँमा अक्षता लगाइन्छ । यसरी तिलकमा चामल मिसाएर लगाउँदा देवी प्रसन्न हुन्छन् भन्ने धार्मिक मान्यता छ ।

दिनअनुसार तिलक लगाउनाले शुभ फल प्राप्त हुने मान्यता छ । जसमा  आइतबार रातो चन्दन लगाउनाले मान-सम्मान र धन प्राप्त हुन्छ ।  सोमबार सेतो चंदनको तिलक लगाउनाले मन शान्त रहने विश्वास गरिन्छ । मंगलबार चमेलीको तेलमा सिन्दूर मिसाएर लगाउनु शुभ हुन्छ । बुधवार सुकेको सिन्दूर लगाउनाले भगवानको आशीर्वाद मिल्ने विश्वास छ । बिहीबार पहेँलो चन्दन वा बेसारको तिलक लगाउनाले घरमा सुख-समृद्धि आउनेछ ।

शुक्रबार रातो चन्दन वा कुमकुम तिलक लगाउनाले घरमा सुख प्राप्त हुन्छ । शनिबार खरानीको तिलक लगाउनाले जीवनमा आउने समस्या हट्छ । शास्त्रका अनुसार चन्दनको तिलक लगाउनेको घर अन्न, धनले भरिपूर्ण रहन्छ र सौभाग्य बढ्छ ।

कुन औँलाले तिलक लगाउनाले के हुन्छ ?

स्कन्दपुराणमा भनिएको छ कि फरक-फरक औँलाले तिलक लगाउँदा फरक फरक हुन्छ।

तिलक लगाउन दाहिने हातको औंठीको प्रयोग गर्नुपर्छ । यस औंलाले तिलक लगाउँदा फलदायी मानिन्छ। औँलाले तिलक लगाउनु पनि पूजामा धेरै फलदायी हुन्छ । पूजापछि भगवानको आशीर्वाद खोज्ने हो भने भौंको बीचमा उत्तरतर्फ फर्केर सधैं पवित्र तिलक लगाउनुपर्छ ।

तिलक लगाउँदा बीचको औंलाको प्रयोग गर्नु हुँदैन। तर यदि तपाई आफैंमा तिलक लगाउँदै हुनुहुन्छ भने तपाईले बीचको औंलाको प्रयोग गर्न सक्नुहुन्छ। पूजाको समयमा आफ्नो औंलाले भगवानलाई तिलक लगाउनुहोस्। एजेन्सीहरूको सहयाेगमा