कैलालीमा जापानी इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु, ४ जना संक्रमित  | Khabarhub Khabarhub

कैलालीमा जापानी इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु, ४ जना संक्रमित 


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली जापानी इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ ।

यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन् ।

उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन् । संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले बताइन् ।

पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापनिज इन्सेफलाइटिस रोग सर्छ। यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ । तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ०५ बजे

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-२ स्थित शिव नमूना

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २७ गते बिहीबार सन्

नमूना बन्यो चक्लाबन्दी खेती

कास्की – माछापुच्छ्रे गाउँपालिका-३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि

असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन : बजारमा भन्दा कति छुट हुन्छ ?

काठमाडौं – चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल भदौ २७ गते बिहीबार तदनुसार