अन्तर्राष्ट्रिय

पाकिस्तानको खैबर पख्तुनख्वामा ४ सैनिकसँगै २५ लडाकुको मृत्यु

By खबरहब

September 03, 2024

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आतंककारीविरुद्ध गरिएको कारबाहीका क्रममा चार जना सैनिकको ज्यान गएको छ । खैबर पख्तुनख्वा प्रान्तको तिरह क्षेत्रमा सेनाले गरेको कारबाहीमा ४ सैनिक मारिएका हुन् ।

सो क्षेत्रमा सेनाले गुप्तचरमा आधारित कारबाही चलाएको पाकिस्तानबाट प्रकाशित हुने नेसन अनलाइनले जनाएको छ । कारबाहीका क्रममा २५ जना लडाकु पनि मारिएका छन् ।

सो क्षेत्रमा फितना अल खवारिज, लस्कर ए इस्लाम र जमात उल अहररजस्ता लडाकु संगठनलाई लक्षित गरी कारबाही गरेको सेनाले जनाएको छ ।

कारबाहीका क्रममा लडाकु कमाण्डर अबुजार भनिने सद्दामको पनि मृत्यु भएको जनाइएको छ ।