राजनीति

प्रचण्डलाई जनक भनौँ, नोबेल पुरस्कारका लागि प्रस्ताव गरौँ : मोदी

By खबरहब

September 03, 2024

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुराउने काम नगर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मोदीले मुलुकको परिवर्तनका लागि भएका घटनालाई हिंसा भन्ने नमिल्ने भन्दै ती विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्‍याउने काम नगर्न आग्रह गरेका हुन् ।

कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा विद्रोहको नाममा भएको हत्यालाई नबिर्सन उनले सुझाव दिए । शान्तिका लागि अथक प्रयास गरेकाले प्रचण्डलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्ने उनले बताएका छन् ।

समावेशी समानुपातिकको पक्षमा लडेका कारण प्रचण्डलाई जनक भनिनुपर्नेसमेत उनले बताएका छन् ।