अन्तर्राष्ट्रिय

१० वर्षमा ३० गुणाले बढ्यो भारतीय रक्षा उपकरण निर्यात

By खबरहब

September 03, 2024

काठमाडौं– भारतको रक्षा उपकरण निर्यात पछिल्लो १० वर्षमा ३० गुणाले बढेको छ । रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्धजस्ता द्वन्द्वका कारण भारतको निर्यात अझ बढ्नै अपेक्षा गरिएको छ ।

आर्थिक वर्ष सन् २०२३–२४ मा भारतले २ अर्ब ६३ करोड अमेरिकी डलर बराबरको रक्षा उपकरण निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा यो ३२.५ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष भारतले १ अर्ब ९० करोड डलर बराबरको निर्यात गरेको थियो । एक दशकअघि आर्थिक वर्ष सन् २०१३–१४ को तुलनामा सन् २०२३–२४ मा भारतको निर्यात ३१ गुणा धेरै रहेको जनाइएको छ ।

भारतीय रक्षा उपकरणको सबैभन्दा ठूलो निर्यात गन्तव्य अमेरिका रहे पनि अफ्रिकासहित विश्वका अन्य भागमा समेत निर्यात हुने गरेको भारतको द प्रिन्ट अनलाइनले जनाएको छ । हाल भारतले विश्वका ९० देशमा रक्षा उपकरण निर्यात गर्दै आएको छ ।