राशिफल

आज २०८१ साल असोज १७ गते बिहीबारको राशिफल

By खबरहब

October 03, 2024

काठमाडौं – आज २०८१ साल असोज १७ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि। नवरात्र आरम्भ, घटस्थापना। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दक्षिण पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारले सकारात्मक साथ दिनाले मन शान्त बन्नेछ।

वृष : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। प्रतिस्पर्धी साथी तपाईंका विरुद्धमा सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले साथ दिनेछन्।

मिथुन : आफ्नै बोलीका कारण आफन्त टाढा हुनेछन्। पेटसम्बन्धी समस्या बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। ठुला उद्योगको सुरुवात नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछ।

कर्कट : लगानीका क्षेत्रमा बन्धुको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। छिमेकमा भएका शुभकार्यमा आकर्षण बढ्नेछ। विदेशी लगानीमा तपाईंको सुझाव रहनेछ। शुभ ग्रहको साथ रहेकाले दिन सहज बन्नेछ।

सिंह : तपाईंले गरेको लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। बन्धुले संकटमा साथ दिनेछन्। परिवारको साथ मिल्नेछ। दिन शान्तसँग बित्नेछ।

कन्या : तपाईंको प्रभाव साथीभाइमा बढ्नेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले सबैले तपाईंको प्रशंसा गर्नेछन्। भाग्यको उदय हुनका लागि आफूभन्दा सानो उमेरको साथीसँग सहकार्य गर्नु राम्रो हुनेछ।

तुला : तपाईको प्रतिभाको सम्मान हुनेछ। गला र कलाको प्रशंसा हुने दिन छ। परिवारमा भने संकट आइपर्न सक्छ। बन्धुको तर्फबाट अप्ठेरो अवस्थामा राम्रो साथ मिल्नेछ। महत्त्वकांक्षी इच्छा पूरा हुन नसक्दा मन अशान्त हुनेछ।

वृश्चिक : आम्दानीका हिसाबले दिन राम्रो छ। लगानीका क्षेत्रमध्ये स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कालो धनको उपयोग गरेको आरोप लाग्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

धनु : दिन सहज छ। साथीभाइले सोचेको भन्दा बढी सहयोग गर्नेछन्। कार्यस्थानमा शुभ ग्रह भएकाले साथी र संगठनको बलमा ठुलो काम बन्नेछ। परिवारको तर्फबाट भने धोका हुने जोखिम छ।

मकर : शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। सचेत नभएमा चोरी हुने जोखिम छ। धार्मिक क्षेत्रमा तपाईंको मन जानेछ। अप्ठेरो समयमा परिवारको साथ मिल्नेछ।

कुम्भ : सोचेका काममा बाधा र अड्चन आइपर्ने जोखिम छ। गन्तव्यमा जान नपाउँदा छटपटी बढ्नसक्छ। दक्षिण-पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा सक्रिय भएमा माया पाइनेछ।

मीन : तपाईंले सोचेका काममा बाधा नहुने दिन छ। भगिनी संघ र संस्थाबाट मान र सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा गुण र दोषको आधारमा परिवारले साथ दिनेछन्।