खेलकुद

महिला टी-२० विश्वकपमा बङ्गलादेशको विजयी सुरुवात

By खबरहब

October 03, 2024

काठमाडौं– आजदेखि युएईमा शुरु भएको आईसीसी महिला टी-२० विश्वकपको उद्‌घाटन खेलमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा बङ्गलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बङ्गलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सकेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

जितपछि बङ्गलादेशले विश्वकपमा सकारात्मक सुरुवात गरेको छ । आईसीसी विश्वकपमा १० वर्षपछि बङ्गलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बङ्गलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।

अब बङ्गलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।