देश/प्रदेश

बाढी पहिरोमा मृत्यु हुनेको सङ्ख्या २३६ पुग्यो

By खबरहब

October 03, 2024

काठमाडौं– केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १७३ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार १२० जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध

रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।

साथै सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ ।