खेलकुद

एभरेस्ट भलिबल : चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित

By खबरहब

October 03, 2024

काठमाडौं – एभरेस्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले चितवन शक्तिलाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा कर्णालीले चितवनलाई ३–२ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट चितवनले २५–२० ले जितेको थियो भने दोस्रो सेट कर्णालीले २५–१८ ले जितेको थियो । त्यस्तै तेस्रो सेट चितवनले २५–२१ ले जितेको थियो भने कर्णालीले चौथो सेट २५–१५ र पाँचौ सेट १५–१३ ले जितेको थियो ।

यो सेट जितेर कर्णालीले २ र चितवनले एक अंक हासिल गरेका छन् । योसँगै कर्णालीको ४ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा छ भने चितवन ४ खेलमा ७ अंकसहित तेस्रो स्थानमा छ ।

अब लिगको अन्तिम खेलमा कर्णालीले शुक्रबार काठमाडौँ स्पाइकर्ससँग खेल्ने छ भने चितवनले ललितपुर क्वीन्सको सामना गर्ने छ ।