काठमाडौं- तिहारको भाइटीका लगाउन भारतबाट नेपाल आइरहेका दुईजनाको कार दुर्घटना निधन भएको छ। यस दुर्घटनामा अरु तीनजना घाइते भएका छन् ।
भारतको उत्तरप्रदेश राज्यस्थित बलरामपुरमा एउटा यात्रु बससँग ठोक्किए उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा कपिलवस्तुको बाणगङ्गा नगरपालिका-९ बर्दहवाका दिनेश बेल्बासे र नवलपरासीको गैंडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो।
भारतीय अधिकारीहरूका अनुसार उनीहरू पन्जाव राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए।
दुर्घटनामा मृतक बेल्बासेकी पत्नी शारदा, त्यही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ। उनीहरूको भारतीय अस्पतालमै उपचार जारी छ ।