ब्रेकिङ स्टोरी

प्रधानमन्त्री भन्छन्- उज्यालो पर्व तिहारले दिदीबहिनी र दाजुभाइबीच स्नेह बढाओस्

By खबरहब

November 03, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् ।

भाइटीकाको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका छन् । ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गरेका छन् ।

भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने उनले विश्वास लिएका छन् ।

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका,समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’, ओलीले लेखेका छन् । S