काठमाडौं- हङकङ सुपर सिक्समा नेपाल यूएईसँग पराजित भएको छ। आइतबार बिहान भएको प्लेट सेमिफाइनल खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो।
नेपालले दिएको ९५ रनको लक्ष्य यूएईले ४ बल बाँकी छँदै १ विकेटमात्रै गुमाएर पूरा गरेको हो। यूएईका लागि कप्तान आशिफ खानले ५५ रन बनाए। उनले १५ बलमा ३ चौका र ७ छक्का हाने।
अंश टण्डनले ९ बलमा १ चौका र २ छक्का प्रहार गरी २३ रन बनाउँदा खालिद साहले १५ रन बनाए। नेपालका रसिद खानले एक विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएर ९४ रन बनाएको थियो। विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ४९ रन बनाए। लोकेश बमले १९ र प्रतिश जिसीले १४ रन बनाए ।
कप्तान सन्दीप जोरा ७ रन र रसिद खान शून्यमा आउट भए। बलिङतर्फ यूएईका अकिफ राजाले २ र सन्चित शर्माले १ विकेट लिए।
नेपालले यसअघि समूह चरणको खेलमा इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको थियो। क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।