सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहमा जुवा खेलिरहेका १५ जना पक्राउ परेका छन् । आइतबार बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
प्रहरीले जुवाडेको साथबाट नौ लाख ६८ हजार रूपैयाँ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यलय पकलीबाट खटिएको प्रहरी अधिकृतको टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यलय महेन्द्रनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।