अन्तर्राष्ट्रिय

युद्ध विरामपछि लेबनानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

By खबरहब

December 03, 2024

लेबनान – इजरायल र हिलबुल्लाहबीच युद्ध विराम भए पनि सीमा क्षेत्रका केही स्थानमा भङ्ग भएको जनाइएको छ।

इजरायलले सीमामा आफ्नो सुरक्षाका लागि युद्ध गर्न बाध्य भएको जनाएको हो। यसरी फाट्टफुट्ट भङ्ग भए पनि इजरायल र हिजबुल्लाह दुवैले मध्यस्थता गरेको अमेरिकासँग आफूहरू युद्ध विरामको पक्षमा अडिग रहेको जनाएको छ।

इजरायलको आक्रमणमा कारण सीमामा ११ जनाको ज्यान गएको थियो। यसले युद्ध विराम लागु हुने विषयमा अमेरिकाले शङ्का उत्पन्न गरेपछि दुवै पक्षले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

सोमबार इजरायली रणनीतिक मामला मन्त्री रन डरमरले ह्वाइटहाउसमै अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानसँग भेट गरेका छन्। सो भेटमा उनले इजरायलले लेबनानी अधिकारीसँग भेट गर्दा युद्ध विराम लागु गर्ने विषयमा सकारात्मक भएको समेत बताएका थिए।

२७ अक्टोबरका दिन यी दुई पक्ष बिच युद्ध विरामको घोषणा भए पनि सोमबार भएको सो आक्रमण भन्दा अघि हिजबुल्लाहले पनि आक्रमण गरेको दाबी इजरायलको छ।

इजरायलले हिलबुल्लाहको आक्रमणपछि केही भौतिक संरचना र हतियार भएको स्थानमा लक्षित गर्दै आक्रमण भएको जनाएको हो।

इजरायलको गाजामा अहिलेको भूमिकामा भने अमेरिकामा चासो जनाइएको छ। अमेरिकी सिनेटर बनी सान्डर्सले गाजामा आप्रवासी सपाइ अभियान चलाएर इजरायलले युद्ध अपराधलाई प्रेरित गरेको आरोप सान्डर्सको छ। दुई पटकका राष्ट्रपति पदका दाबेदार समेत रहेका ८२ वर्षीय उनले आतङ्कवाद निर्मूल गर्ने नाममा सर्वसाधारणको सफाइ गर्नु गलत भएको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।