खेलकुद

स्पेनिस ला लिगा : सेल्टा भिगोसँग रियल बेटिस स्तब्ध

By खबरहब

January 04, 2024

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले रियल बेटिसलाई हराएको छ । आज बिहान सम्पन्न खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो ।

भिगोका लागो अस्पास र विलियोट स्वीडबर्गले एक–एक गोल गरेका थिए । यस्तै रियल बेटिसका ऐटोर रुइबलले एक गोल गरेका थिए ।

खेलमा रियल बेटिसका रुइबलले छैटौँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर, भिगोका लागोले १६औँ मिनेटमा गोल फर्काउँदै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा भिगोका विलियोटले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै सेल्टा भिगो १९ खेलबाट १६ अंक जोडेर तालिकाको १७औँ स्थानमा छ । पराजित भएको रियल बेटिस २८ अंकका साथ सातौँ स्थानमा छ ।