ब्रेकिङ स्टोरी

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण तालिका यस्तो छ 

By खबरहब

January 04, 2024

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्दै छन् । नेपाल आए लगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान ११ बजे शीतल निवासमा पहिलो भेट गर्ने छन् ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले मध्याह्न १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्नेछन् । 

यस्तै दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय छलफल हुने कार्यक्रम रहेको छ । 

त्यसपछि सोही होटलमा सवा १ बजेबाट दुबै देशको संयुक्त मन्त्रीस्तरीय बैठक सुरु हुनेछ भने पौने २ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

सम्झौतापछि विदेशमन्त्री जयशंकरले राजनीतिक नेतासँग भेटवार्ता गर्नेछन्, जसअनुसार पौने ४ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुने छ भने साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने तालिका छ ।

विदेशमन्त्री जयशंकरले भोलि बिहान पशुपतिनाथको दर्शन गर्ने  र पुनर्निर्माण भइरहेका भवनहरूको निरीक्षण पश्चात दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

यो पनि… भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै