मुख्य समाचार

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा, परराष्ट्रमन्त्रीबाट स्वागत

By खबरहब

January 04, 2024

काठमाडौँ– भारतका विदेशमन्त्री डा. एस जयशंकर काठमाडौँ आइपुगेका छन् ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी आज बिहान भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।

विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

यसअघि जयशंकरले २०७७ साल भदौ ४ गते काठमाडौँमा भएको पाँचौँ बैठकमा भारतीय पक्षको नेतृत्व गरेका थिए ।

विदेशमन्त्रीको साथमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारीलगायत रहेका छन् ।

नेपाल आएसँगै विदेशमन्त्री जयशंकर राजनीतिक भेटवार्तामा व्यस्त रहने छन् । उनको पहिलो भेट ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा हुनेछ ।

 

यो पनि…. भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण तालिका यस्तो छ