समाचार

तनहुँको मौरीबजारमा बस दुर्घटना, ३२ जना घाइते

By खबरहब

January 04, 2024

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।