समाचार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

By खबरहब

January 04, 2024

काठमाडौँ– सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

भूकम्पको काठमाडौँलगायत आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो । केन्द्रले यो ०७२ सालमा गएको ‘गोरखा भूकम्प’कै परकम्प भएको जनाएको छ ।