ब्रेकिङ स्टोरी

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

By खबरहब

January 04, 2024

काठमाडौँ– नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक काठमाडौंमा सुरु भएको छ । 

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।

भारतीय विदेशमन्त्री डा जयशंकर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।

यो पनि…

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर