आर्थिक

८.७१ अंकले घट्यो सेयर बजार

By खबरहब

January 04, 2024

 काठमाडौं– सेयर बजार एकल अंकले घटेको छ । बिहीबार ८.७१ अंकले घटेको सेयर बजार २०४९.२८ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भएको छ ।

आज ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।