अपराध

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

By खबरहब

January 04, 2024

काठमाडौं– पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा नुवाकोट पंचकन्या घर भई काठमाडौं टोखामा बस्ने २२ वर्षीय रचना थापा रहेकी छिन् ।

थापाले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु त्यसको लागि १२ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख ३० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी ९ लाख ९० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार टोखाको मनमैजुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ  ।