फोटो फिचर

तस्बिरमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण

By खबरहब

January 04, 2024

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमण्मा छन् । भारतीय सेनाको विमानमार्फत काठमाडौं ओर्लिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री लगायतसँग भेट गरेका छन । उनको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार सम्झौतामा सहमति भएको छ ।

दुई दिने भ्रमणमा रहेका विदेशमन्त्री जयशंकरले भोलि पनि भेटघाट गर्नेछन ।