समाचार

प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेट

By खबरहब

January 04, 2024

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरनाबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

त्यस अवसरमा नेपाल-श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

यस किसिमका भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिका जनाइएको छ ।