राजनीति

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

By खबरहब

January 04, 2024

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस २१ गते बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए ।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ । बैठक कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने पौडेलले जानकारी दिए ।