फाइल फोटो

अन्तर्राष्ट्रिय

गाजाबाट ५१ जना प्यालेस्टिनी महिला गिरफ्तार

By खबरहब

January 04, 2024

गाजा – इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स–प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन् ।

समूहहरूले गाजाबाट महिला बन्दीहरूको वास्तविक सङ्ख्या बढी रहेको जानकारी आएको तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्याङ्क रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार महिलाहरूले यातना र अपमानको सामना गर्नुपरेको छ र गाजाका अन्य बन्दीहरू जस्तै पीडादायी परिस्थिति मा हिरासतमा राखिएका छन् ।’

इजरायलले मानवअधिकार सङ्गठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे बुझ्न रोकेको र साथै रेडक्रसको अन्तरराष्ट्रिय समितिलाई त्यहाँ पहुँच दिन पनि अस्वीकार गरेको बताएको छ।

यता इजरायली जेल प्रशासनले भने, त्यहाँ केवल ६६१ जना गाजा बन्दीहरू रहेको खुलासा गरेको छ र तिनीहरूलाई गैरकानूनी लडाकु भनेर दर्जा दिइएको छ।