अन्तर्राष्ट्रिय

पाकिस्तानको राजनीतिमा ‘कम ब्याक किङ’ बन्दै सरिफ

By मनोज घिमिरे

February 04, 2024

तीन दशक पाकिस्तानी राजनीतिमा एक छत्र प्रभाव जमाएका नवाज सरिफ निर्वासनमा बस्न बाध्य भए पछि गत वर्ष मात्र स्वदेश फर्किए। बिहीबार हुने निर्वाचनमा सरिफ नै अगाडि रहेको पोलले देखाएको छ। यसले फेरि एक पटक पाकिस्तानको सत्तामा सरिफ पुग्ने सम्भावनालाई प्रबल बनाएको छ।

उनले पाकिस्तानको राजनीतिमा तीन दशक राज नै गरेका थिए। अहिले उनको यो पुनरागमन धेरैका लागि अनुमान गरिए भन्दा फरक विषय हो। भ्रष्टाचारको आरोप लाग्नु अघि उनले सैन्य हस्तक्षेपको सामना गरेका थिए । उनको नाटकीय पुनरागमनले विगतदेखि नै पाकिस्तानी सेनाको राजनीतिमा प्रवेशको विरोध गर्नेले आश्चर्यपूर्वक हेरिरहेका छन्। ‘उनी अर्को निर्वाचनको प्रस्ट दाबेदार हुन् किनकी उनी लोकप्रिय होइनन्। उनले सही समयमा सही कार्डको प्रयोग गरेका छन्,’ विल्सन सेन्टर थिङ्क ट्याङ्कका दक्षिण एसियाली निर्देशक माइकल कुलेग्म्यानले भने।

सेनाको अप्रत्यक्ष साथले सत्तामा पुगेका पूर्व प्रधानमन्त्री इमरान खान जेलमा छन्। निर्वाचनमा समेत उनको दलको प्रभाव खासै देखिएला जस्तो छैन। धेरैले सरिफलाई ‘कम ब्याक किङ’को रूपमा हेर्ने गरेका छन्।

सेनाको अप्रत्यक्ष साथले सत्तामा पुगेका पूर्व प्रधानमन्त्री इमरान खान जेलमा छन्। निर्वाचनमा समेत उनको दलको प्रभाव खासै देखिएला जस्तो छैन। धेरैले सरिफलाई ‘कम ब्याक किङ’को रूपमा हेर्ने गरेका छन्।

सन् १९९९ मा सैन्य शासनपछि दोस्रो कार्यकाल बिताइरहेकै समयमा विस्थापित भएका उनी सन् २०१३ मा भएको संसदीय निर्वाचन मार्फत तेस्रो कार्यकालमा लागि निर्वाचित भएका थिए।

सन् १९४७ मा पाकिस्तान स्वतन्त्र भएपछि त्यो नै एउटा यस्तो ऐतिहासिक निर्वाचन थियो, जुन निर्वाचन मार्फत एउटा निर्वाचित सरकारलाई अर्को निर्वाचित सरकारले नै प्रतिस्थापित गरेको थियो।

तर सरिफको तेस्रो कार्यकाल भने अत्यन्त विवादमा बित्यो। सुरुवाती दिनदेखि नै तनावमा बिताएका उनले ६ महिना त प्रतिपक्षको सडक अवरोधको सामना गरेका थिए। त्यसपछि नै उनलाई भ्रष्टाचारको आरोप पनि लागेको थियो। सर्वोच्च न्यायलालले अयोग्य घोषित गरेपछि सन् २०१७ मा उनले पद त्याग गरेका थिए।

सन् २०१८ मा पाकिस्तानको भ्रष्टाचार अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो। अदालतले सो कुरा थाती राख्दै पुनरावेदनको अवसर दिएपछि उनी केही समय बाहिर नै रहेका थिए। साउदी अरेबियामा रहेका स्टिल मिलमा उनको पारिवारिक संलग्नता ठहर भएपछि सन् २०१८ को डिसेम्बरमा उनलाई भ्रष्टाचार गरेको पुष्टि गर्दै सात वर्षको जेल सजाय सुनाइएको हो।

नवाज सरिफको जन्म पाकिस्तानको औद्योगिक विरासत बोकेको परिवारमा सन् १९४९ मा भएको हो । उनले राजनीतिक जीवनको सुरुवात अत्यन्त पिछडिएको र विकट मानिएको संसदीय क्षेत्रबाट गरेका थिए।

त्यसपछि उनले धरौटी राख्दै बेलायतमा उपचारको निम्ति प्रयास गरे। उनको धरौटी स्वीकृति भएपछि उनले उपचारको बहानामा चार वर्ष बेलायतमा सानदार जीवन बिताए। गत अक्टोबरमा उनी फेरि पाकिस्तान फर्किएका हुन्। लगातार विवादमा परेका तथा भिन्न आरोह र अवरोहको सामना गरेका उनी पाकिस्तानमा गत ३५ वर्षदेखि प्रभावशाली राजनीतिज्ञ हुन्।

नवाज सरिफको जन्म पाकिस्तानको औद्योगिक विरासत बोकेको परिवारमा सन् १९४९ मा भएको हो । उनले राजनीतिक जीवनको सुरुवात अत्यन्त पिछडिएको र विकट मानिएको संसदीय क्षेत्रबाट गरेका थिए। सन् १९७७ देखि १९८८ सम्म सैन्य शासक जियाउल हकको शासनमा सरिफ आणविक हतियारका लागि प्रस्तावित थिए। जीयाउल हकको शासनकालमा उनी राजनीतिमा प्रभावमा आएका थिए। उनी पन्जाब प्रान्तको अर्थमन्त्री मात्र होइन, सन् १९८५ देखि १९९० को बिचमा मुख्यमन्त्री समेत भएका थिए।

राजनीतिमा चासो नभए पनि कुशल प्रशासकको रूपमा आफूलाई स्थापित गरी सकेका उनी सन् १९९० मा पाकिस्तानको प्रधानमन्त्री भए।

सन् १९९३ मा उनी विस्थापित भएपछि विपक्षी नेतृ बेनजिर भुट्टोले सरकारको नेतृत्व गर्ने अवसर पाएकी थिइन्। नेतृत्व दायी स्टिल मिल कम्पनी इत्तोफक समूहका मालिक भएका कारण उनी देशका धनी मानिसको रूपमा परिचित थिए।

सन् १९९७ मा अर्को पटक सत्तामा रहेको समयमा उनले देशको महत्त्वपूर्ण संस्थानहरूमा एकलौटी पकड जमाउने नीति लिए। उनको यो अभियानमा सेना पनि विमुख थिएन। त्यहाँका प्रतिपक्षीले यसमा सहजै साथ दिने कुरा भएन। विपक्षीका अवरोधका बाबजुद उनले सारिया कानुन संसदबाट पास गराए। त्यसपछि उनले न्यायालयमा र सेनामा पनि आँखा लगाएका थिए।

सन् २००८ को संसदीय निर्वाचनमा उनको दल पीएमएलले २५ प्रतिशत जित हात पारेको थियो। सन् २०१३ मा उनले अर्को प्रयासमा जित हात पार्दा पाकिस्तानी क्रिकेटका स्टार इमरान खान विपक्षी नेताको रूपमा स्थापित भएका थिए, तीनै खानपछि पाकिस्तानको सत्तामा पुगे।

सन् १९९९ मा परवेज मुसरफले उनलाई सत्ताबाट हटाउँदै सेनामा चासो दिँदाको परिणाम भोग्न बाध्य पारे। मुसरफ सरिफ भन्दा धेरै गुणा खतरनाक साबित भएका थिए।

उनलाई गिरफ्तार मात्र गरिएन। अपहरण र आतङ्कवादको आरोपमा आजीवन कारावासको सजाय समेत तोकिएको थियो। भ्रष्टाचारको आरोप समेत लगेका उनलाई आजीवन राजनीतिक गतिविधि गर्न समेत प्रतिबन्ध लगाइएको थियो। त्यसै समयमा उनी र परिवारका ४० जना सदस्य साउदी अरेबियामा शरण लिएर जीवन बिताउन पुगेका थिए।

उनको कार्यकाललाई धेरैले अत्यन्त महत्त्वाकांक्षी, भ्रष्ट र शक्तिको भोकोको रूपमा लिएका थिए। फेरि पाकिस्तानमा उनको उपस्थिति बलियो प्रतिपक्षको रूपमा भएको थियो।

सन् २००८ को संसदीय निर्वाचनमा उनको दल पीएमएलले २५ प्रतिशत जित हात पारेको थियो। सन् २०१३ मा उनले अर्को प्रयासमा जित हात पार्दा पाकिस्तानी क्रिकेटका स्टार इमरान खान विपक्षी नेताको रूपमा स्थापित भएका थिए, तीनै खानपछि पाकिस्तानको सत्तामा पुगे।

 उनले तेस्रो कार्यकाल पाकिस्तानलाई एसियाली बाघको रूपमा स्थापित गर्ने र शून्य भ्रष्टाचारको नीति लिने घोषणा गरेका थिए। तर  पाकिस्तान चाइना इकोनोमीक कोरिडोरको सम्झौता स्वरूप लिइएको ५६ अर्ब अमेरिकी डलर नै पाकिस्तानको आर्थिक दुरावस्थाको मुख्य कारक बनेको थियो।

यस पटक पनि सेनाको चासो थियो। यस अघिको सरकारले सुरु गरेको भारतसँगको व्यापारिक सम्बन्धलाई निरन्तरता नदिन सेनाले खानलाई दबाब दिन चाहन्थ्यो। उनले तेस्रो कार्यकाल पाकिस्तानलाई एसियाली बाघको रूपमा स्थापित गर्ने र शून्य भ्रष्टाचारको नीति लिने घोषणा गरेका थिए। उनको यो प्रयासका बाबजुद पाकिस्तान चाइना इकोनोमीक कोरिडोरको सम्झौता स्वरूप लिइएको ५६ अर्ब अमेरिकी डलर नै पाकिस्तानको आर्थिक दुरावस्थाको मुख्य कारक बनेको थियो।

सन् २०१६ मा सर्वोच्च न्यायालयले उनीमाथि कारबाहीको कुरा अघि बढाएको थियो। लन्डनमा उनको परिवारको अपार्टमेन्ट भएको र सरिफले अवैध रूपमा विदेशमा पैसा पठाएको आरोप लागेको थियो। उनले यस आरोपलाई अस्वीकार गर्दै यी सबै राजनीतिक रूपमा लगाइएको आरोप मात्र भएको दाबी गरे।

६ जुलाई २०१८ मा उनलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय तोकियो। सो समयमा उनी श्रीमतीको उपचार गराउन लन्डन पुगेका थिए। उनका छोरी र ज्वाइँसमेत दोषी ठहर भएका थिए।

उनी लन्डनमा भएकै समयमा खानको नेतृत्व पनि विवादमा आएको थियो। सन् २०२२ मा खानमाथि अविश्वास प्रस्ताव पारित भएपछि उनको भाइ सहेबाजले नेतृत्व गरेको सरिफको दलको भाग्य खुलेको थियो। सन् २०२३ मा उनको पाकिस्तानमा स्वागत भएको थियो। उनलाई अपदस्थ गर्ने सेना समेत नवाज सरिफको स्वागतमा अघि बढेको थियो।

अहिले पाकिस्तानको राजनीतिलाई नजिकबाट नियाल्नेहरू सरिफ जितको नजिक पुगेको तथा कस्तो स्वरूपको संसद् बन्ने भन्ने अनिश्चित रहेको जनाउँछन्।

अहिले पाकिस्तानको राजनीतिलाई नजिकबाट नियाल्नेहरू सरिफ जितको नजिक पुगेको तथा कस्तो स्वरूपको संसद् बन्ने भन्ने अनिश्चित रहेको जनाउँछन्।

अहिले उनको दखल सही अवस्थामा छ। उनी अनुभवी छन्। विगतको जस्तो सरिफले आफ्नो शासनमा पाकिस्तानले आर्थिक समृद्धिको बाटो तय गर्ने घोषणा गरिसकेका छन्। अहिले प्रमुख प्रतिपक्षी नै बन्दी अवस्थामा रहेको समयमा यस पटकको निर्वाचन तटस्थ रहने कुरामा समेत धेरैको शङ्का छ।

उनको भाइ पार्टीका नेता छन्। उनको पनि आर्थिक सुधारको अनुभव छैन। यस अवस्थामा नवाजले घोषणा गरे जस्तो नयाँ कार्यकाल सही बाटोमा जान्छ भन्ने कुनै कुराको ग्यारेन्टी छैन। अहिले सेनाको साथले पनि नवाजलाई अघि बढ्न सहज भएको छ। स्रोतः बीबीसी