समाचार

एमाले संसदीय दलको बैठक आज पनि बस्दै

By खबरहब

February 04, 2024

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्दैछ ।

संघीय संसद भवनको ल्होत्से हलमा हिजोबाट सुरु भएको बैठकमा भोलिदेखि सुरु हुने संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने लगायत विषयमा छलफल जारी छ ।

हिजोको बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै संसद्‍मा प्रभावकारी, सकारात्मक र सशक्त रुपमा उत्रिन सांसदहरूलाई निर्देशन दिएका थिए ।