क्रिकेट

यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

By खबरहब

February 04, 2024

काठमाडौँ– दक्षिण अफ्रिकामा जारी यु–१९  विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि  दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।

सुपर सिक्सको समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।

१६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औँ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ । नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबे भन्दा अगाडि रहेको छ।

अब सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फेब्रुअरी ६ मा प्रतिस्पर्धा हुनेछ । यस्तै, अर्को सेमिफाइनल फेब्रुअरी ८ मा पाकिस्तान र अस्ट्रेलियाले खेल्नेछन् ।