सांकेतिक तस्बिर

देश/प्रदेश

धनुषामा जनप्रतिनिधिले नै गरे कार्यपालिकामा तालाबन्दी

By खबरहब

February 04, 2024

धनुषा- धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा प्रकाश नगरी नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ ।

करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसीबीलगायत अन्य सवारी साधनहरु कवाडमा परिणत भइरहेको वडा नम्बर ८ वडाअध्यक्ष जिवछ यादवले जानकारी गराएका छ्न् ।

१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयहरुमा कार्यालय सहयोग नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको वडा नम्बर ९ वडाअध्यक्ष विन्देशवर यादवले भने, ‘नगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुनेनन्, बाध्य भएर तालाबन्दी गरेका छौँ ।’