राजनीति

एमाले संसदीय दलको बैठक जारी

By खबरहब

February 04, 2024

काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । शनिबारदेखि सुरु भएको संसदीय दलको बैठकमा अहिले सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका हुन् ।

बैठक सोमबार नै सकिने एमालेले जनाएको छ ।