देश/प्रदेश

पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भरतपुर जाने

By खबरहब

February 04, 2024

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भरतपुर जाने भएका छन् ।

चितवन जिल्ला भ्रमणका सिलसिलामा पूर्वराजा आउँदो साता भरतपुर जाने पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।

पूर्वरानी कोमलसहित पूर्वराजा शाहले भरतपुरको भ्रमण गर्ने सचिवालयका सचिव फणिन्द्र पाठकले जानकारी दिए ।

पछिल्लो समय पूर्वराजाले विभन्न जिल्लाको भ्रमण गरी नागरिक अभिनन्दन बटुल्दै आएका छन् ।