सांकेतिक तस्बिर

देश/प्रदेश

ठमेलको होस्टलमा चिनियाँ नागरिक मृत फेला

By खबरहब

February 04, 2024

काठमाडौं- काठमाडौंको ठमेलस्थित नेपालय होम होस्टलमा एक जना चिनियाँ नागरिक मृत फेला परेका छन् ।

यही १० माघदेखि नेपालय होम होस्टलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।