समाचार

महानगरले आलोकनगरमा चलायो डोजर (तस्बिरहरु)

By खबरहब

February 04, 2024

काठमाडौं- काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा निर्मित अवैध संरचना हटाउन डोजर चलाएको छ ।

महानगरले आइतबार काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगर क्षेत्रमा निर्माण गरिएको सुकुम्बासी बस्ती र कबाडी पसलमा डोजर चलाएको हो ।

सो क्षेत्रमा डोजर चलेपछि स्थानीयहरु आक्रोशित भएका छन् । आलोकनगरका स्थानीयले भने आफूहरुलाई १५ दिने सूचना नै नदिई डोजर चलाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।