राजनीति

संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन (तस्बिरहरु)

By खबरहब

February 04, 2024

काठमाडौं- संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् ।

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितको टोलीले बैठक कक्षको अवलोकन गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी बैठक आह्वान गरेका छन् ।