जीवनशैली

पुरुषले बिहान खाली पेटमा लसुन किन खाने ? यस्ता छन् फाइदा 

By खबरहब

March 04, 2024

हरेक भान्सामा लसुन सजिलै पाइन्छ । यसले तरकारीको स्वाद बढाउने गर्दछ । यसका अलावा लसुन सेवन गर्नाले धेरै लाभहरू हुन्छ । लसुनमा एलिसिन जस्ता धेरै पौष्टिक तत्व पाइने गर्छ ।  पुरुषले दैनिक बिहान खाली पेटमा लसुनको एक पोटी खाए यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ ।

पुरुषले लसुन खाँदा हुने फाइदाहरू

१- लसुनमा हुने सेलेनियम पुरुषलाई नपुंसता हुनबाट जोगाउँछ ।

२- लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरीर पाउन पुरुषलाई मद्दत गर्दछ ।

३- यसमा पाइने कार्बोहाइड्रेटले कमजोरी भगाउँछ । साथै शरीरले ऊर्जा पाउँछ ।

४- यसमा हुने एन्टिब्याक्टेरियल गुणले श्वास र मुखको दुर्गन्ध हटाउँछ ।

५- लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउन मद्दत गर्दछ ।

६- यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीव्र पार्दछ । जसले मोटोपन घटाउँछ ।

७- यसमा हुने फाइबरले कब्जियत पेटका समस्याबाट टाढा राख्दछ ।