काठमाडौं– अभिनेत्री कट्रिना कैफले ‘बुम’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । तर यो फिल्म उनका लागि सुखद हुन सकेन ।
सन् २००५ मा प्रदर्शनमा आएको फिल्म ‘मैने प्यार क्यूं किया’मा अभिनय गरेपछि भने उनले सफलता पाउँदै गइन् । नायक सलमानसँग यो फिल्ममा काम गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।
तर कट्रिनाका लागि आजको अवस्थामा ‘न्यूयोर्क’ विशेष फिल्म हो । सो फिल्म व्यसायिकरुपले पनि सफल मानिएको फिल्म हो । सबैभन्दा मिल्ने साथीहरू सोही फिल्ममा काम गर्दा भेटाएको उनी सो फिल्मलाई धेरै महत्त्वका साथ लिन्छिन् । भर्खरै उनले सो फिल्ममा आफ्नो इच्छा विपरीत अनुबन्ध भएको खुलासा गरेकी छन् ।
भर्खरै ‘मिड डे’लाई दिएको अन्तर्वार्तामा कट्रिनाले फिल्म फ्लप हुने शंका लागेकाले अनुबन्ध हुने इच्छा नहुँदा-नहुँदै काम गरेको अनुभव सेयर गरेकी छन् । पहिलो हिट फिल्मको हिरो सलमानको आग्रहका कारण ‘न्यूयोर्क’मा अनुबन्ध भएको उनले खुलासा गरिन् ।
अनुबन्ध भएर छायांकनका लागि सेटमा पुग्दा सानो युनिट देखेर झनै मन खिन्न भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सेटमा लाइट छैन रु यति सानो टोली रु कहाँ छ क्यामेरा रु जस्ता प्रश्न निर्माण पक्षलाई सोध्थेँ ।’
तर अन्त्यमा अहिलेसम्म छायांकनमा सबैभन्दा राम्रो सम्झना भएको फिल्म सोही बनेको उनी सुनाउँछिन् । उनी थप्छिन्, ‘त्यो फिल्म मेरो जीवनको सबैभन्दा अविश्वसनीय अनुभव थियो । छुट्ने बेला हामी सबै रोइरहेका थियौं । हामी छुट्टिन चाहँदैन थियौं । मेरो सबैभन्दा नजिकका साथीहरू त्यही फिल्मबाट पाएको हुँ ।’
‘न्यूयोर्क’ मा कट्रिनासहित जोन अब्राहम, नील नितिन मुकेश, इरफान खान र नवाजुद्दीन सिद्दी मुख्य भूमिका देखिएका थिए ।