राजनीति

नयाँ गठबन्धनमा माधव नेपाललाई समेट्न एमाले पनि तयार !

By खबरहब

March 04, 2024

काठमाडौं– नयाँ गठबन्धनमा माधव नेपाललाई समेट्न एमाले पनि तयार भएको बुझिएको छ ।  

माओवादी सचिवालय बैठकले नेकपा एकीकृत समाजवादीलाई समेट्ने निर्णय नै गरिसकेको छ । 

यसबारे जानकारी दिँदै पार्टी सचिव राम कार्कीले भने, ‘हामीले माधव नेपालको पार्टीलाई पनि सँगै लैजाने भएका छौँ ।’ 

यसबारे एमाले उपाध्यक्ष ईश्वर पोख्रेलले आवश्यकता भए छलफल हुँदै जाने बताए । उनले भने, ‘आवश्यकता भए छलफलको बाटो खुल्ला छ । मिलेर मिलाएर जाने कुरा छँदै छ । ’