राजनीति

कांग्रेसका मन्त्रीले राजीनामा नदिने, भाेलिसम्म पर्खिने

By खबरहब

March 04, 2024

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत रमेश लेखकले कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने बताएका हुन् ।

सो बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका छन् । सो बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताएका हुन् ।

कांग्रेसका मन्त्रीले राजीनामा नदिनेबारे जानकारी दिँदै उनले भने, ‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने ? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ।’

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले मंसिर ४ को जनताको म्यान्डेट अनुसार आफूहरु सरकारमा गएकाले राजीनामा गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

उनले भने, ‘भोलीसम्म पर्खने हो केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली छ ।’