राजनीति

नयाँ समीकरणको छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक 

By खबरहब

March 04, 2024

काठमाडौं– नयाँ समीकरणको छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

सोमबार दिउँसो ३ बजे बस्ने गरी समाजवादीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने छ ।

यसअगाडि माओवादीले समाजवादीलाई पनि नयाँ गठबन्धनको समीकरणमा लाने छलफल गरेको छ । यसमा एमाले पनि लचिलो भएको छ ।