फाइल फोटो

राजनीति

गठबन्धन दलले आज एक-एक मन्त्री पठाउने, लिखित सहमति सार्वजनिक हुँदै

By खबरहब

March 04, 2024

काठमाडौं – कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चार सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् ।

नयाँ गठबन्धनमा सहभागी नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबाट मन्त्रिपरिषद्मा आज एक–एक जना मन्त्री पठाइने छ ।

मन्त्रीहरूको कार्य विभाजन भने अझै टुङ्गिएको छैन । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्नेछन् । जसपाबाट सहभागि हुने मन्त्रीको भने टुङ्गो लागेको छैन् । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई नै सरकारमा पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

नयाँ गठबन्धनले सरकार सञ्चालनको खाका बनाएर आजै सार्वजनिक गर्ने तयारी गरेको छ । दिउँसो साढे २ बजे बैठक बसेर लिखित सहमति सार्वजनिक हुनेछ