फाइल फोटो

समाचार

रविले फोन गरेर डीपीलाई भने, ‘मन्त्री बन्न तपाई तयार रहनुहोस्’

By खबरहब

March 04, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई सरकारमा पठाउने भएको छ । 

उनलाई सभापति रवि लामिछानेले बालुवाटारबाट फोन गरेर तयारी अवस्थामा बस्न भनेका छन् । 

अर्यालको सचिवालयले भन्यो, ‘मन्त्रालय आज फिक्स भएको छैन। उनलाई मात्र आज पठाउने भन्ने खबर आएको छ ।’ 

अर्याल रास्वपाको नेतृत्व गरेर भने सरकारमा जान लागेका हैनन् । उनलाई आज पठाएर केही दिनमा सभापतिको नेतृत्वमा अन्य मन्त्री जाने छन् । 

अर्याल निकट स्रोतका अनुसार उनलाई श्रम मन्त्रालय दिने सरकारको योजना छ ।