राजनीति

सरकारमा जाने वा नजाने विषयमा नागरिक उन्मुक्ति छलफलमै छ : रेशम चौधरी

By खबरहब

March 04, 2024

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने या नजाने भन्ने विषयमा छलफलमै रहेको जनाएको छ ।

नाउपा संरक्षक रेशम चौधरीका अनुसार हाल नाउपा सरकारमा जाने या नजाने भन्ने बारेमा पार्टीभित्र छलफलमा नै भएको बताए ।

उनले खबरहबलाई भने, ‘राती सुत्दा गठबन्धन ठिकै थियो । अहिले त तलमाथि भएछ । हामी नयाँ गठबन्धनमा जाने या नजाने भन्ने बारेमा छलफलमै छौँ । नजान पनि सकिन्छ ।’

अहिले नाउपाले प्रदेश र केन्द्रका मन्त्री र केही पार्टी पदाधिकारीसँग यसबारे छलफल गरिरहेको उनले बताए ।