काठमाडौँ– मोबाइल, ट्याब्लेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरू चाँडै तात्नु पहिलो समस्या हो भन्दा पनि फरक नपर्ला ।
कम्प्युटर धेरै तातेर काम गर्नु राम्रो होइन । कतिपय अवस्थामा त ल्यापटप वा कम्प्युटर तातेर बन्द सम्म हुने गर्छ । कम्प्युटरमा तात्ने समस्याले अनपेक्षित सट डाउन, डाटा गायब हुने र हार्डवेयरमा क्षति हुनसक्छ ।
तातेको कम्प्युटर चिसो बनाउन यस्ता उपायहरू अपनाउन सकिन्छ ।
– कम्प्युटर ओभर हिटिङ रोक्नका लागि एयरफ्लोमा कुनै पनि बाधा आउन दिनु हुँदैन ।
– धेरैको बानी हुन्छ कि घाममा राखेर काम गर्ने कम्प्युटरलाई प्रत्यक्ष सूर्यको प्रकाशमा सकेसम्म नराख्दा राम्रो हुन्छ ।
– समय समयमा आफ्नो कम्प्युटर सफा गर्ने ।
– कम्प्युटरको सिपियुमा अधिक भार दिने एपहरु सकेसम्म नचलाउँदा राम्रो हुन्छ ।
– भरपर्दो तथा विश्वासिलो कुलिङ डिभाइस को प्रयोग गर्ने
– ल्यापटप तात्नुको मुख्य कारण डेक्स्टपमा चलिरहेका एप्लिकेसनहरु हुन्छन् । त्यसैले ल्यापटपबाट अनावश्यक एपहरू हटाउने गर्नु पर्छ ।
– चार्जमा जोडेर ल्यापटप चलाउँदा ओभर चार्जिङ भएर तात्ने सम्भावना हुन्छ । त्यसैले ल्यापटप पूरा चार्ज भएसँगै चार्जरलाई बाहिर निकाल्नुपर्दछ ।
– प्रायजसो ल्यापटपले कुलिङका लागि तलपट्टिबाट हावा लिने गर्दछन् । काखमा राखेर लामो समयसम्म ल्यापटप चलाउँदा गर्दा कुलिङ फ्यानमा राम्रोसँग हावा ओहोर दोहोर गर्न पाउँदैन ।
– ल्यापटप फ्यानहरू सफा राख्नुहोस् ।
– आफ्नो ल्यापटप ओभरवर्क नगर्नुहोस् ।