राजनीति

नयाँ गठबन्धनको बैठक अहिले तीन बजे बस्दै

By खबरहब

March 04, 2024

काठमाडौं- नयाँ गठबन्धनको बैठक अहिले तीन बजे बस्ने भएको छ । यसअघि दिउँसो दुई बजे बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण तीन बजेका लागि डाकिएको एक नेताले खबरहबलाई जानकारी दिए ।

नयाँ गठबन्धनको बैठकले मन्त्रीहरुको सङ्ख्या, जिम्मेवारी, गठबन्धनको मोडालिटी पनि टुङ्ग्याउने उनले जानकारी दिए । यसअघि गठबन्धनले ४ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव छन् । आज सानो आकारको मन्त्रिपरिषद गठन गरी मन्त्रीहरुको सपथ पनि आजै गर्ने गठबन्धनको तयारी छ ।