राजनीति

जसपाले डाक्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक

By खबरहब

March 04, 2024

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उनका अनुसार बैठकमा सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल हुनेछ । जसपाको बैठक आज बिहान ८ बजे पनि बसेको थियो ।