समाचार

जसपा र जनमत दुबैको सर्त : मधेसको नेतृत्व चाहियो

By खबरहब

March 04, 2024

काठमाडौं- जनमत पार्टीले पनि मधेस प्रदेशमा आफू नेतृत्वको सरकार भएमात्रै संघीय सरकारमा सहभागी हुने अडान लिएको छ ।

जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने सर्त राखेको हो । यसअघि जनता समाजवादी पार्टी जसपा नेपालले पनि यस्तै सर्त अघि सारेको थियो ।

हाल मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । पछिल्लो समय मधेस प्रदेशमा जनमत र जसपाबीच बारम्बार टकराव देखिँदै आएको छ । कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि जनमतको सो सर्त आएको हो ।

साथै जनमतले संघीय सरकारमा पनि राम्रो मन्त्रालय पाउनुपर्ने ठहर गरेको छ ।