फाइल

स्वास्थ्य

वैतेश्वरका सात सय ४७ जना बालबालिकालाई लगाइयो दादुरा–रुवेला विरुद्धको खोप 

By खबरहब

March 04, 2024

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा सात सय ४७ जना बालबालिकालाई दादुरा- रुवेला विरुद्धको खोप लगाइएको छ ।

एक हजार ५४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखेर सोमबारदेखि गाउँपालिका ३१ खोप केन्द्र मार्फत खोप दिन सुरु गरेको पालिकाको स्वास्थ्य शाखाले एक साताको अवधिमा  सात सय ४७ जना बालबालिकालाई खोप दिन सफल भएको वैतेश्वर गाउँपालिका स्वास्थ्य शाखा अधिकृत बाबुलाल लामाले जानकारी दिए ।

पालिकाले ८ वडाका ३१ वटा खोप केन्द्र मार्फत वडा नम्बर-१ का एक सय बालबालिका,वडा नम्बर-२ का ६८ जना,वडा नम्बर-३ का ९५ जना बालबालिकालाई दादुरा- रुवेला विरुद्धको खोप लगाइएको छ ।

त्यस्तै वडानम्बर-४ का ७१ जना,वडानम्बर-५ का दुई सय पाँच जना बालबालिका,वडा नम्बर-६ का ९६ जना,वडा नम्बर-७ का ५८ जना र वडा नम्बर-८ का ५३ जना बालबालिकालाई नि: शुल्क खोप लगाइएको हो ।

त्यसै गरी पालिकाले विद्यार्थीको सहजताको लागि स्थानीय विद्यालयमै खोप केन्द्र स्थापना गरेको थियो ।

सुबास बस्नेत